Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सेवाग्राहीसँग १ लाख २० हजार घुस लिने जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

    सेवाग्राहीसँग १ लाख २० हजार घुस लिने जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 252
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले राष्ट्रपति चुरेतराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    अख्तियारले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको अनुसन्धानबाट खुलेको थियो ।



    सेवाग्राहीसँग १ लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले जानकारी दिए ।

    उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

    उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार