Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जलेश्वरमा ढलान निमार्ण गर्दा झण्डै ६ लाख भ्रष्टाचार, मेयरसहित १२ जनाविरुद्ध मुद्दा

    जलेश्वरमा ढलान निमार्ण गर्दा झण्डै ६ लाख भ्रष्टाचार, मेयरसहित १२ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 264
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले ढलान निमार्णमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको भन्दै प्रमुख र उपप्रमुखसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।



    अख्तियारले उक्त योजनामा भएको काम भन्दा ५ लाख ८४ हजार ६३७ रुपैयाँ भुक्तानी भएको भन्दै सबै जनासँग त्यति रकम बिगो मागदाबी गरेको छ ।

    आ.व. २०७९/०८० मा सञ्चालित बजार क्षेत्रभित्र पीपीसी. ढलान कार्यमा नगर प्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र अधिकृत छैठौं धिरेन्द्र झाले योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेको अख्तियारले जनाएको छ ।

    उनीहरूविरूद्ध अख्तियारले उक्त रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना गर्न मागदाबी गरेको छ। मेयर सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत धिरेन्द्रविरूद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल गर्न माग गरेको छ।

    त्यस्तै वरिष्ठ इन्जिनियर पवनकुमार, इन्जिनियर राकेशकुमार, सबइन्जिनियर दिपेशकुमार, उपमेयर रौशन, कार्यपालिका सदस्य सोगरा र वडाध्यक्ष अनिलकुमारविरूद्ध पनि सोही विरूद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरेको छ।

    उपभोक्ता समिति अध्यक्ष राकेशकुमार, सचिव सिकेन्द्र र कोषाध्यक्ष संतोषीविरूद्ध दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना माग गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार