Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनीयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनीयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 345
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनीयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    इन्जिनीयर बराल, सब इन्जिनीयर उषाकिरण रोकाया र कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।



    उनीहरूलाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिइएको थियो । बाँकी २ लाख सुरज कुँवरमार्फत लिई उषाकिरण रोकायाको खातामा जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।

    उनीहरूविरुद्ध घुस रकम बराबर बिगो कायम गरी बिगोबमोजिम जरिवानाको समेत मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार