Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नक्कली लाईसेन्स प्रकरणमा अख्तियारमै कार्यरत अर्याल पक्राउ

    नक्कली लाईसेन्स प्रकरणमा अख्तियारमै कार्यरत अर्याल पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 681
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले यातायात व्यवस्था विभागका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

    यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा सिआइबीले पूर्वकर्मचारी  सुरज प्रकाश अर्याललाई पक्राउ गरेको हो ।



    लिखित र ट्रायल बिनै प्रणाालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली फर्जी लाईसेन्स जारी गरेको प्रकरणमा सिआईबीले विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।



    विभागमा ३ वर्ष कार्यरत रहेका अर्याल गतवर्ष सरुवा भएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेका थिए । त्यहाँबाट केही समयअघि मात्र उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका थिए ।  हाल अर्याल अख्तियारमा कार्यरत् छन् ।

    लाइसेन्स वितरणमा अनियमितताको उजुरी पाउनासाथ यातायात व्यवस्था विभागले सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा समिति बनाएको थियो ।

    विभागको छानबिनले एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको तथ्य सार्वजनिक गरेको थियो। त्यसैमाथि किर्तेमा अनुसन्धान गर्न सिआइबीलाई विभागले पत्राचार गरेको थियो।

    लामो समयपछि सिआइबीले आरोपितलाई पक्राउ गर्ने तहमा पुगेको हो। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार