Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • म्याक्सदेखि ओम्नीसम्मका आइटी कम्पनी अख्तियारको छानविनमा

    म्याक्सदेखि ओम्नीसम्मका आइटी कम्पनी अख्तियारको छानविनमा

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 627
    SHARES

    काठमाडौं । सूचना प्रविधिको ठेक्का कब्जा गर्दै आएका ठूला कम्पनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान अघि बढाएको छ ।

    आयोगको थुनामा रहेका विकल पौडेल र सुनिल पौडेलमाथि अनुसन्धानको क्रममा उनीहरूले सेटिङमा ठेक्का पाएका कम्पनीहरू पनि छानविनमा तानिएका हुन् ।



    म्याक्स इन्टरनेसनल, ओम्नी, वर्ल्ड डिष्ट्रिब्युसन नेपाल र जेनेरेसन नेक्स प्रालि छानविनमा तानिएका हुन् । आइटी माफियाका रुपमा चिनिएका पौडेलद्वयले यिनै कम्पनीलाई सेटिङमा ठेक्का दिएर करोडौँ सम्पत्ति जोडेका हुन् ।



    उनीहरूमाथि अनुसन्धानको क्रममा ठेक्कामा सेटिङ गरेका र कमिसन लेनदेनका प्रमाण नै भेटिएपछि यी कम्पनी पनि छानविनमा तानिएका छन् ।

    पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशन हुँदा उनले चार कम्पनीलाई मात्र चार अर्ब बराबरका ठेक्का दिएका थिए ।

    उनले , म्याक्स इन्टरनेसनललाई एक अर्ब ४० करोडका तीन ठेक्का, वर्ल्ड डिस्ट्रिब्युसनलाई ४५ करोड बराबरका दुई ठेक्का, ओम्नीलाई ५३ करोड बराबरका पाँच र जेनेरेसन नेक्स्ट कम्पनीलाई ४५ करोडका ६ ठेक्का केन्द्रबाट दिलाएका थिए ।

    त्यस्तै, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले पनि यिनै कम्पनीसँग मिलेर खरिद गरेका थिए । पौडेल अख्तियारकै हिरासतमा छन् ।

    उनीहरूको केपी ओली प्रधानमन्त्री हुँदा उनका आइटी सल्लाहकार रहेका असगर अलीसँग समेत शंकास्पद कारोबार देखिएको छ ।

    आयोगले सुनील पौडेलको संलग्नतामा भएका थप भ्रष्टाचारको पनि अनुसन्धान गरिरहेको छ । खास गरी सूचना प्रविधिका ठूला ठेक्कामा भएको अनुसन्धानको छानबिन भइरहेको स्रोत बताउँछ ।

    विदेशी कम्पनीहरू इस्टासेफ र ब्यांकोटेक नामक अन्तर्राष्ट्रिय आपूर्तिकर्ता कम्पनीलाई पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तीन अर्ब २९ करोड ३२ लाख ४८ हजार रुपैयाँ बराबरको ठेक्का दिएका थिए ।

    ब्यांकोटेकलाई दुई अर्ब ५३ करोड ४१ लाख तथा इस्टासेफलाई ४२ करोड ११ लाख रुपैयाँ बराबरको ठेक्का दिइएको छ । इस्टासेफ र ब्यांकोटेकले उनीहरूको सिंगापुरको बैंक खातामा कमिसन जम्मा गरेको पुष्टि भइसकेको छ ।

    ती विदेशी कम्पनीका नेपाली सप्लायर्समा ओम्नी, म्याक्स वर्ल्ड डिस्ट्रिब्युसन नेपाल, नेक्सजेन सोलुसन थिए । ती कम्पनीलाई ठेक्का दिँदाका शंकास्पद कारोबारसमेत फेला परेको छ ।

    जसअनुसार उनको कार्यकालमा भएका सबैजसो ठेक्काको आयोगले छुट्टै छानबिन थालेको छ । उनले वर्ल्ड डिस्ट्रिब्युसनलाई ४५ करोड बराबरका दुई, ओम्नीलाई ५३ करोड बराबरका पाँच, म्याक्स इन्टरनेसनललाई एक अर्ब ४० करोडका तीन र जेनेरेसन नेक्स्ट कम्पनीलाई ४५ करोडका ६ ठेक्का राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट दिलाएका थिए ।

    आयोगले सुनिल र विकलविरुद्ध २–२ वटा मुद्दा दायर गरिसकेको छ । अन्य भ्रष्टाचार प्रकरणमा अनुसन्धान गरिरहेको छ । उनीहरूको मोबाइल तथा ल्यापटपबाट विभिन्न नेता तथा कर्मचारीहरूसँग भ्रष्टाचारसम्बन्धी कारोबार देखिएको अख्तियार स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार