Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 369
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिनविरुद्धविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    अख्तियारले नापी कार्यालयका तत्कालीन अमिन टंकप्रसाद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    निरौलाले सरकारी जग्गा व्यक्तिको नाममा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।



    अमिन निरौलाले जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९,५८१ र १५२ बाट कित्ताकाट गरी कित्तानम्बर ६२०,६२२ र ६२४ को जग्गा बदनियतपुर्वक बुद्धमाया थापा मगरको नाममा गैरकानुनी रजिस्टार गराएर भ्रष्टाचार गरेका थिए।

    निरौलाविरुद्ध अख्तियारले ६ लाख १८ हजार बिगो असुल उपरको माग दाबीसहित सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न भनेको छ ।

    मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार