Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गरौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

    विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गरौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 261
    SHARES

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका नेता तथा कर्मचारीहरूले विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।  उनले विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।



    परराष्ट्रमन्त्री श्रेष्ठले नेपालका नेताहरूले विदेशी भेट्दा परराष्ट्र मन्त्रालयको ब्रिफिङ नलिने गरेको र कुनै तयारी नगर्ने गरेको बताए ।



    उनले विदेशी कूटनीतिक नियोगका मान्छेहरू वा राजनीतिक व्यक्तिहरूसँग भेट्दाखेरी परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने बताए ।

    परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयको ब्रिफिङ लिएर र मन्त्रालयको कर्मचारीको उपस्थितिमा भेटघाट गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

    परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको कूटनीतिक आचारसंहिता पालनामा कमजोरी रहेको उल्लेख गरे ।

    उनले कूटनीतिक आचारसंहिता, २०६८ पालना गरेर मात्रै भेटवार्ता गर्न आग्रह सहितको राजनीतिक दलहरूलाई पत्र पठाइएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार