Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री श्रेष्ठ र भियतनामी लगानीकर्ताबीच भेट

    परराष्ट्रमन्त्री श्रेष्ठ र भियतनामी लगानीकर्ताबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 258
    SHARES

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र भियतनामी लगानीकर्ताबीच भेटवार्ता भएको छ ।

    भेटमा परराष्ट्रमन्त्री श्रेष्ठले लगानीका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताएका हुन् ।



    नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।



    नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा श्रेष्ठले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

    नेपालमा लगानी सम्मेलन जारी रहेको सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले भियतनामसँग नेपालले पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताए ।

    सो अवसरमा राजदूत न्हुएन थान हाईले नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै लगानी सहजीकरणमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने उनको धारणा छ ।

    भियतनामबाट सिधा हवाई उडानको सम्भाव्यताबारे आफूहरूले हेरिरहेको उल्लेख गर्दै राजदूत हाईले यसो हुन सकेमा पर्यटनमा ठूलो टेवा पुग्ने बताए।

    नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार