Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चुच्चे नक्साबारे परराष्ट्रमन्त्री श्रेष्ठले भने – आफ्नो भूमिमा सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्छ

    चुच्चे नक्साबारे परराष्ट्रमन्त्री श्रेष्ठले भने – आफ्नो भूमिमा सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 279
    SHARES

    फाइल तस्विर

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको भूभागमा नेपालले सार्वभौम सत्ता र भौगोलिक अखण्डताको अभ्यास गर्न पाउनुपर्ने बताएका छन् ।

    सोमबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले लिपुलेक, लिम्पयाधुरा र कालापानीमा नेपालले आफ्नो सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्ने बताए।



    नेपाल वार्ताद्वारा नै सीमा समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘तर, फेरि अरु कुनै ढुंगले होइन, कुटनीतिक माध्यमद्वारा टेबुलबाट नै समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी छौं । यसको निम्ति हाम्रो पहल जारी छ ।’



    गत बिहीबार सरकारले एक सय रुपैयाँको नोटमा अहिलेको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो । यसप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि जनाएका छन् ।

    आइतबार भारतका पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले एकतर्फी निर्णय गरेको टिप्पणी गरेका थिए । परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल र भारतका बीचमा रहेको सीमा समस्या वार्ताको टेबुलमा रहेको तर समाधान भइनसकेको बताए ।

    नेपाल र भारतको बीचमा रहेको सीमा समस्या सहितका विषयमा सुझाव दिन गठित ईपिजीको प्रतिवेदन बुझ्न नेपाललाई कुनै अप्ठ्यारो नरहेको र यही सन्देश भारतसमक्ष नेपालले पुर्‍याएको पनि परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार