Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कैलाली प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु

    कैलाली प्रहरीको हिरासतमा एक थुनुवाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 621
    SHARES

    धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्युु भएको छ ।

    थुनुवा कक्षमा बेहोस भएर ढलेका बुद्धिराम चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



    भन्सार छलीको आरोपमा सामानसहित पक्राउ परेका धनगढी उपमहानगरपालिका– ८ का चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।



    प्रहरीका अनुसार अवैध सामानसहित पक्राउ परेका चौधरीलाई भन्सार कार्यालयको जिम्मा लगाइएको थियो ।

    भन्सार कार्यालयले अनुसन्धान नसकिएकोले थुनामा राखिदिन आग्रह गरेपछि उनी हिरासतमै थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार