Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कैलालीबाट अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

    कैलालीबाट अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 354
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा पाँच लाख रुपैयाँभन्दा बढीका मोबाइल र पार्टपूर्जासहित भारतीय नागरिक पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्ता रहेका छन्।



    सामसङ कम्पनीका ५८ वटा मोबाइल, नोकिया कम्पनीका ५२ मोबाइल, २६ प्याकेट ग्लास, चार्जर, ३७९ डिस्प्ले, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    अवैध सामानसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।

    उनको साथबाट बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार