Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 270
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

    लम्कीचहुा नगरपालिका–३ व्यवस्थितनगरका केशरबहादुर रावलको मृत्यु भएको हो।



    सोही ठाउँको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले रावललाई आइतबार ठक्कर दिएको थियो।



    उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार