Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इन्टरनेट सेवा अवरुद्ध भएपछि सरकारले भन्यो – कर समयमा नबुझाएको भन्दै सेवा बन्द नगर्नू

    इन्टरनेट सेवा अवरुद्ध भएपछि सरकारले भन्यो – कर समयमा नबुझाएको भन्दै सेवा बन्द नगर्नू

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 630
    SHARES

    काठमाडौं । कर नबुझाएर इन्टरनेट सेवा बन्द गर्ने काम नगर्न सरकारले आग्रह गरेको छ ।

    देशभर इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहीबार साँझ एक विज्ञप्तिमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारलाई कर नबुझाएर इन्टरनेट सेवा बन्द गर्ने काम नगर्न आग्रह गरेको हो ।



    मन्त्रालयले आम उपभोक्ताबाट अग्रिमरूपमा संकलन गरेको महसुलबाट राज्यलाई बुझाउनुपर्ने कर समयमा नबुझाएर इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न भनेको छ ।



    मन्त्रालयले भनेको छ, ‘इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिमरूपमा महसुल लिने गरेको, यसरी लिएको महसुलबाट वार्षिक आयको २ प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको ४ प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको छ ।’

    यही व्यवस्थामा रहेर नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पटकपटक महसुल तिर्न आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार