Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अवरुद्ध भएको झन्डै ७ घण्टापछि चल्न थाल्यो इन्टरनेट

    अवरुद्ध भएको झन्डै ७ घण्टापछि चल्न थाल्यो इन्टरनेट

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । बिहीबार दिउँसो बजेदेखि अवरुद्ध भएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ ।

    अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएको झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो ।



    इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्नरनगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो । त्यसलगत्तै इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।



    भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि हिजो केहीबेर इन्टरनेट काटिएको बताइएको छ ।

    वर्ल्ड लिंक, भायानेटसहितका इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा पुर्नस्थापित भएको जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार