Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • समिति गठन गरेर गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : ज्ञानेन्द्र शाही

    समिति गठन गरेर गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : ज्ञानेन्द्र शाही

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 324
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभामा बोल्न दिनुपर्ने बताएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकपछि बोल्दै शाहीले यस्तो बताएका हुन् । गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरू छानबिन समितिको मागबाट पछि नहटेको पनि प्रमुख सचेतक शाहीले बताए ।



    प्रमुख सचेतक शाहीले भने,‘छानबिन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने राप्रपाको माग छ । बोल्ने कुरामा चाहिं प्रतिबन्ध गर्नु हुँदैन।’



    समग्र देशका सहकारीबाट पीडित भएकाहरूलाई न्याय दिइनुपर्ने उनको भनाइ छ ।

    गरिबको पैसा अनियमितता गरेका कोही अर्बपति, करोडपति बनेको र त्यसमध्ये कोही देश बाहिर जाने अवस्था रहेको भन्दै प्रमुख सचेतक शाहीले छानबिन समिति बन्नैपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार