Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्न – यो देशमा सरकार छ कि छैन ?

    राप्रपा सांसद ज्ञानेन्द्र शाहीको प्रश्न – यो देशमा सरकार छ कि छैन ?

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 264
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ भनेर प्रश्न गरेका छन्।

    बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले यस्तो प्रश्न गरेका हुन् ।



    उनले नेपालमा सरकार भए रुसमा अलपत्र परेका पाँच जना नेपालीले भारतसँग उद्धारका लागि अनुरोध किन गर्नुपर्‍यो भनेर प्रश्न गरे ।



    सांसद शाहीले भने, ‘यदि सरकार छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धार गरिदिनुपर्‍यो भनेर माग गरिरहनुभएको छ । के यसले नेपाल देशमा सरकार छ भन्ने बुझाउँछ ? कहिले वारी कहिले पारी, वारी जमुना पारि जमुना ।’

    उनले रसियामा रहेका गोरखाका एक नेपालीको अवस्थाबारे चर्चा गर्दै गोरखाबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्री भए पनि तर आफ्नै निर्वाचन क्षेत्रका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले देशका सबै जनताको उद्धार गर्नुहुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार