Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • धनुषामा तस्करी बढ्यो, एसपी गिरीका घुमुवाको सेटिङ

    धनुषामा तस्करी बढ्यो, एसपी गिरीका घुमुवाको सेटिङ

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 2.7K
    SHARES

    जनकपुरधाम । गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएपछि भन्सार छलीदेखि तस्करी नियन्त्रण हुने अपेक्षा गरिएको थियो । तर लामिछाने गृहमन्त्री भएपछि धनुषामा तस्करी झन् बढेको छ ।

    भारतबाट भन्सार छली गरी सामान भित्र्याउने क्रम पछिल्ला दिनमा बढेको छ । सशस्त्र प्रहरी नं. ८ गण धनुषाका एसपी दर्शन गिरीले घुमुवा परिचालन गरी तस्करीको लाइन दिएका छन् । एसपी गिरीले सहायक हवलदारहरू ध्रुव खड्का र लील भुजेललाई घुमुवा राखेका छन् ।



    देखावटी रूपमा गणको मूल गेटमा ड्युटीमा राखिए पनि उनीहरू तस्करहरूसँग सेटिङमै बढी व्यस्त हुने गरेको स्रोत बताउँछ । खड्का यसअघि खजुरी बीओपीमा सादा पोसाकमै परिचालित थिए ।



    ५ वर्षदेखि उनी खजुरी बीओपीमा घुमुवाको कम गर्दैआइरहेका थिए । एसपी गिरीले ८ नम्बर गणको कमाण्ड सम्हाल्ने बित्तिकै खड्का र भुजेललाई तस्करहरूसँग सेटिङमा परिचालन गरेका छन् ।

    १ महिना अगाडि घुमुवा खड्काको नाममा हेलो सरकारमा उजुरी परेको भए पनि एसपी गिरीले उनलाई जोगाएका छन् । हेलो सरकारमा उजुरीपछि छानबिन समिति नै बनेको थियो । तर सशस्त्र मुख्यालयबाट खटिएको समितिलाई समेत बालुवाटारमै पहुँच देखाएर एसपी खड्काले जोगाएका छन् ।

    उनलाई घुमुवाबाट हटाउन त परको कुरा हो, छानबिन समितिलाई मिलाएर कारबाही समेत हुन नदिएको स्रोतले बताएको छ । केही दिनअगाडि हेडक्वार्टरको अनुगमन टोलीले धनौजी बीओपीको इलाकामा तस्करीको सामान बरामद गर्‍यो ।

    तस्करीको सामान बरामदपछि उक्त बीओपीका निरीक्षकसहित सम्पूर्ण टोली फेरबदल भएको थियो । तर त्यही ठाउँमा घुमुवाको काम गर्दै आइरहेका घुमुवा लील भुजेललाई एसपी गिरीले आफ्नो पहुँचको भरमा कतै नपठाई ८ गणमै राख्न र सादा पोसाकमै परिचालन गर्दै आइरहेका छन् ।

    खड्कालाई कागजमा भने ड्युटीमा खटिएको देखाउने गरिएको छ । दैनिक रूपमा ८ नम्बर गणको गेटमा ड्युटी खटाइएको देखाइए पनि उनी अन्यत्रै तस्करहरूसँग डिलमा व्यस्त रहने गरेका छन् ।

    धनुषाका विभिन्न नाकाबाट भन्सार छली गरी भारतबाट सामान ल्याउने व्यापारीहरूमा समतूला, बरतुला, नाहीम, छोटे अहसान, दिलीप, सुरेश साह, अलाउदीन,अयूब, गुलाब, महेन्द्र पूर्वे लगायत छन् । यी सबै व्यापारीहरूले घुमुवामार्फत एसपी गिरीलाई दररेट बुझाएर तस्करी गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार