Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रहरीमा बिकृति : विवादास्पद घुमुवालाई आइजीपीको साथ, जिल्लाका एसपी निरीह बन्दै

    प्रहरीमा बिकृति : विवादास्पद घुमुवालाई आइजीपीको साथ, जिल्लाका एसपी निरीह बन्दै

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 1.5K
    SHARES

    पर्सा। नेपाल प्रहरीको प्रबन्ध निर्देशनालयबाट हिमाली आइटमदेखि विभिन्न खरिदमा सार्वजनिक खरिद ऐन नियमलाई छल्न टुक्रा टुक्रा खरिद गरिएको छ ।

    गुणस्तर फेल भएका डीएमएस बुटदेखि म्यादी प्रहरीको पोशाक र म्याट्रेस प्रहरी मुख्यालयको प्रबन्ध निर्देशनालयबाटै सेटिङ गरी जिल्ला जिल्लाबाट खरिद गर्ने क्रम रोकिएको छैन ।



    पछिल्लो समय १९ वटा जिल्लामा हिमाली आइटमको खरिदको ठेक्का पनि राजमान मिश्रसँग केन्द्रमै सेटिङ गरी जिल्ला जिल्लाबाट भुक्तानी गरिएको तथ्य खुलेको छ । डेढ महिनाअघि ४ करोड २० लाखको हिमाली आइटमको ठेक्का प्रबन्ध निर्देशनालयबाट जिल्ला जिल्लामा मिश्रबाटै खरिद गर्न निर्देशन दिइएको र त्यसको भुक्तानी समेत भइसकेको छ । मोटो कमिसन प्रबन्धकै हाकिमहरुमार्फत् आइजीपी धिरजप्रताप सिंहलाई दिनेगरी हिमाली आइटमको ठेक्का मिश्रले पाएको स्रोतको दाबी छ ।



    जुन प्रकरणमा आइजीपी सिंह र प्रबन्धका तत्कालिन डिआईजी दिपक थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ। कार्यकाल करिब २ महिना पनि नभएकाले आइजीपी सिंहले कमाउधन्दालाई तीव्र पारेका छन् ।

    मधेश प्रदेशका पर्सा र बारामा आइजीपी सिंहले बरिष्ठ सईको नेतृत्वमा केन्द्रबाटै हस्तक्षेप गरी घुमुवा राखेका छन् । बारामा बरिष्ठ सई सागर राणा र पर्सामा विनोद सिंहलाई परिचालन गरिएको छ । आईजीपी सिंहले वडा प्रहरी कार्यालय बिर्तामा आफू निकट र सेटिङमा माहिर इन्सपेक्टर बिदुर प्रसाद सिवाकोटीलाई काज सरुवा गरेका छन्। सिवाकोटी सई हुँदा पर्सामा पनि बसेर काम गरेका थिए।

    स्रोतका अनुसार प्रहरी मुख्यालयबाटै आइजीपीको संरक्षण पाएकाले मधेश प्रदेशका प्रहरी प्रमुखदेखि बारा तथा पर्साका एसपीले समेत सईको गतिबिधिमाथि निगरानी गर्न सक्दैनन् ।

    पर्सामा राखिएका घुमुवा बरिष्ठ सई विनोद सिंहको बारेमा धेरै गुनासो आएपछि यसअघिका पर्साका एसपी रमेश बस्नेतले एक्सन लिन खोज्दा माथिकै आशीर्वाद भएकाले उनी हच्किएका थिए ।

    पर्साको एसपी हुँदै मधेश प्रदेशमा डीआइजी भएका आइजीपी सिंहलाई तस्करीदेखि सबै बिषयको जानकारी भएकाले पनि उनले मुख्यालयबाट सोझै नखटाई सोही स्थानमा काम गरेका प्रहरीलाई नै खटाएका छन् ।

    बारामा आर्थिक लेनदेन, चेक बाउन्स, तस्करी सेटिङमा आइजीपीकै घुमुवाको बोलवाला रहने गरेको स्वयम प्रहरीहरु नै बताउँछन् ।

    नाकाबन्दीको पालामा राजबाबु श्रेष्ठ हुँदा राति राति तस्करी गराएर अकूत लाभ लिएको आरोप पनि घुमुवा प्रहरीहरुमाथि लाग्ने गरेको छ ।

    त्यसो त घुमुवा प्रहरीले नै बालकृष्ण पोखरेलको साझा ट्रान्सपोर्ट कम्पनीलाई तस्करीमा सघाउने गरेको आरोप लाग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार