Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 465
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सयले ओरालो लागेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार चार सय निर्धारण भएको छ ।



    यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३५ हजार आठ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने परिवर्तन भएको छैन ।



    बिहीबार जस्तै आजका लागि भने चाँदीको मूल्य तोलामा एक हजार छ सय ४५ निर्धारण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार