Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तोलामा २ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तोलामा २ सय रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार तुलनामा सुनको भाउ यसदिन प्रतितोला २०० रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्यसूची तय गर्दै बुधबारको तुलनामा मूल्य घटेर कारोबार सुरु भएको जानाएको छ । महासंघका अनुसार आज तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।



    आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ ।



    हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो। आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।

    महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम छ ।

    हिजो बुधबार १६ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार