Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउने पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    सहकारी ठगीको छानबिन गर्न संसदीय समिति बनाउने पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 402
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणबारे संसदीय छानविन समिति बनाउन पहल भइरहेको बताएका छन्।

    शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणबारे मन्त्रीपरिषद्को आगामी बैठकमा ठोस निर्णय हुन सक्ने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने,‘सहकारीको जटिलता गम्भीर बनेको छ। अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ । कुनै नेतालाई ताकेर होइन‚समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु।’

    उनले संसदको अधिवेशन आह्वान गरिएको तर चल्ने नचल्ने निश्चित नभएको पनि बताए। प्रधानमन्त्री प्रचण्डले संसद बोलाइए पनि चल्ने नचल्ने निश्चित नभएको बताए।

    प्रतिपक्षको काम नै सत्ता समीकरण भत्काउने परम्परा बनिसकेको टिप्पणी गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल यो समीकरण भत्काउन सक्ने स्थिति नदेखिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार