Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पत्नीको हत्या गरेर फरार भएका पदम मोरङबाट पक्राउ

    पत्नीको हत्या गरेर फरार भएका पदम मोरङबाट पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 213
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङको सुन्दरहरैँचामा पत्नीको हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सुन्दरहरैँचा नगरपालिका–५ गार्खाली टोलका ५० वर्षीय पदमबहादुर तामाङलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।



    सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारमा भाग्दै गरेका पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको थियो ।



    पक्राउ परेका पदमबहादुरलाई बेलबारी प्रहरीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी छ । उनले आफ्नै पत्नी ४५ वर्षीया मनमाया तामाङको बुधबार राति हत्या गरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार