Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विराटनगरमा एक स्टाफ नर्सको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    विराटनगरमा एक स्टाफ नर्सको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 786
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।

    हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेकी छन् ।



    उनको शव अस्पताल नजिकै रहेको डेराको शौचालयमा फेला परेको प्रहरीले जनाएको छ ।



    शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

    प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार