Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मोरङ किशोरी हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ

    मोरङ किशोरी हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २२ फाल्गुन २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    मोरङ। मोरङको पथरीशनिश्चरेमा भएको किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।

    बारा घर भएका ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको हो । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।



    यद्यपि, उनी यसअघि पनि एउटा घटनामा पक्राउ परेको व्यक्ति भएको स्रोतको दाबी छ । त्यही विषयसँग हत्याको कारण जोडिएको हुनसक्ने आशंका छ।



    पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाजु विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको सोमबार राति साढे १० बजे हत्या भएको थियो ।

    कोठाबाट निस्किएर शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार