Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • विराटनगरको रानी क्षेत्रमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

    विराटनगरको रानी क्षेत्रमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 1.4K
    SHARES

    विराटनगर। दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

    राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर-१५ मा अर्को समूहले अवरोध गरेपछि सुरू भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।



    स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको छ । केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ ।



    विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो ।

    अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार