Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रहरीलाई सर्वोच्चले भन्यो – सिधाकुराको मिथ्या भिडियोबारे अनुसन्धान गर्नू

    प्रहरीलाई सर्वोच्चले भन्यो – सिधाकुराको मिथ्या भिडियोबारे अनुसन्धान गर्नू

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन/प्रसारण गरेको भिडियो सामग्रीको अनुसन्धान गर्न निर्देशन दिएको छ ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश दिएको हो ।



    ‘श्रब्य दृष्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाउनु र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने,’ आदेशमा भनिएको छ ।



    त्यस्तै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दर्ता गरेको अवहेलना मुद्दालाई अदालतको फौजदारी दायरीमा दर्ता गर्न पनि निर्देशन दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार