Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिना पुगे प्रहरी हिरासतमा

    सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिना पुगे प्रहरी हिरासतमा

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 2K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन तथा युट्युबलाई अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई प्रहरीले हिरासतमा राखेको छ ।

    आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्च अदालतका रजिस्ट्रारमार्फत प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।



    सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए। उक्त अडियो तिमल्सिनाले उपलब्ध गराएको बयान दिएपछि सर्वोच्चले बयानका लागि बोलाएको थियो ।



    तिमल्सिनाको बयान सोमबार पनि निरन्तर रहने सर्वोच्चको आदेशमा उल्लेख छ । कँडेल र कार्कारी सम्पादक नविन ढुंगानालाई तारेखमा छाडिएको छ ।

    सर्वोच्च अदालतका उपरजिस्टार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलना गरेको भन्दै सिधाकुराका प्रकाशक युवराज कँडेलविरुद्ध मुद्दा दायर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार