Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट

    बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट

    अनलाइन नेपाल
  • सोमबार, १७ बैशाख २०८१
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा३ख ६१७३ नम्बरको मिनी बसमा सोमबार आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो ।



    उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।



    प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार