Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नवलपरासीमा रोकिराखेको बसमा आगलागी

    नवलपरासीमा रोकिराखेको बसमा आगलागी

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 705
    SHARES

    नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ ।

    गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु १ख ६६५४ नम्बरको बसमा आगो लागेको हो ।



    प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् ।



    आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार