Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुम्बईलाई २४ रनले हराउँदै कोलकाता प्ले–अफ नजिक

    मुम्बईलाई २४ रनले हराउँदै कोलकाता प्ले–अफ नजिक

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 591
    SHARES

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको छ ।

    मुम्बईको वानखेडेमा गएराति भएको खेलमा कोलकाताले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा एक सय ४५ रनमा समेटियो ।



    त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६९ रन बनाएको थियो ।



    जितसँगै कोलकाता १० खेलमा १४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको कोलकाता प्ले–अफ नजिक पनि पुगेको छ ।

    पराजित मुम्बई ११ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार