Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गुडिरहेको बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

    गुडिरहेको बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 798
    SHARES

    एजेन्सी । भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ।

    नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो। दुर्घटनामा बसमा सवार ११ जना जिउँदै जलेका छन् ।



    यसबाहेक ३८ यात्रु घाइते भएका छन् । बस यवतमालबाट मुम्बई जाँदै थियो। दुर्घटना बिहान ४:३० बजे भएको थियो। अधिकांश यात्रुले बसबाट हाम फालेर ज्यान जोगाएका थिए ।



    दुर्घटना नासिक-औरंगाबाद मार्गमा नन्दुरनाका नजिक भएको हो। बस चिन्तामणि ट्राभल्सको बसमा ४५-५० जना थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार