Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बेरोजगारलाई दुलही पाउनै कठिन, बिहेका लागि नेपाल आउन थाले भारतीय युवा !

    बेरोजगारलाई दुलही पाउनै कठिन, बिहेका लागि नेपाल आउन थाले भारतीय युवा !

    अनलाइन नेपाल
  • शनिबार, २२ बैशाख २०८१
  • 3.4K
    SHARES

    बैतडी । पछिल्लो समय भारतको पिथौरागढका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसकेपछि दुलही खोज्दै भारतीयहरू नेपाल आएन थालेका हुन् ।

    पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताए । बैतडीबाट भने छोराको विवाह गरेको उनले बताए ।



    पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाइन्।



    नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

    नेपाल–भारतबीच हुने विवाहको अभिलेख दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बलका झुलाघाट पुल इन्चार्ज अनुप मन्नाले नेपाली र भारतीयबीच पछिल्लो समय विवाह बढेको बताए ।

    शिक्षित र खान लगाउन पुग्ने सबै नेपालीले भारतीयलाई छोरी दिने गरेका छैनन् । आर्थिक रूपमा विपन्न परिवार मात्र विवाहका लागि तयार हुने गरेको दशरथचन्द नगरपालिका–८, झुलाघाटका जयसिंह भाटले बताए । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार