Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • अमेरिकामा कोरोनापछि बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम

    अमेरिकामा कोरोनापछि बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम

    अनलाइन नेपाल
  • शुक्रबार, १३ चैत्र २०७७
  • 1.5K
    SHARES

    एजेन्सी। अमेरिकामा कोरोना महामारीपछि गत साता बेरोजगारको सङ्ख्या पहिलो पटक सात लाख भन्दा कम रेकर्ड गरिएको छ ।

    एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको सङ्ख्या छ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले बिहीबार बताएको हो ।



    अमेरिकामा महामारीका कारण बेरोजगार दरमा कमी आउने सम्भावना नरहेको भनी तथ्याङ्क विश्लेषकहरूले बताइरहेका समय यो साता बेरोजगार सङ्ख्या सात लाखभन्दा कम हुनुलाई अमेरिकामा कोभिड–१९ विरूद्धको खोप अभियानको सफल प्रभाब भनिएको छ ।



    यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण पनि तथ्याङ्कले देखाएको विश्लेषकहरूले बताएका छन् ।

    यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको र यसको सकारात्मक प्रभाब अमेरिकी श्रम बजारमा देखिएको सरकारको दावी रहेको छ ।

    श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाब नियन्त्रणमा आइनसकेको भएपनि कोभिड–१९ विरूद्धको खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार ७४५ रेकर्ड भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार