Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    गण्डकी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 282
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारमा दुई जना मन्त्री थपिएका छन् ।

    मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गरेका हुन् ।



    वेदबहादुर गुरुङ र सीता सुन्दासले सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिए ।



    गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेका छन् ।

    दुवै जना अधिकारीनिकट मानिन्छन् । योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ ।

    यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार