Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गण्डकीका सभामुखको कदम असंवैधानिक रहेको कांग्रेसको दाबी, अदालत जाने तयारी

    गण्डकीका सभामुखको कदम असंवैधानिक रहेको कांग्रेसको दाबी, अदालत जाने तयारी

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 510
    SHARES

    पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको कदमविरुद्ध नेपाली कांग्रेस अदालत जाने भएको छ ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा ३० मत मात्र पाएका हुन् ।



    जबकी संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरे ।



    यसका विरुद्धमा कांग्रेसले पत्रकार सम्मेलन गर्दै अदालत जाने बताएको हो । कांग्रेस संसदय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको कदम असंवैधानिक रहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार