Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कामचलाउ मुख्यमन्त्री बने गण्डकीका खगराज

    कामचलाउ मुख्यमन्त्री बने गण्डकीका खगराज

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 729
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतको आदेशले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी कामचलाउ हैसियतमा पुगेका छन् । सर्वोच्चले शुक्रवार अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै मुख्यमन्त्री अधिकारी कामचलाउ हैसियतमा पुगेका हुन् ।

    ६० सदस्यीय प्रदेशसभामा ३० मत पाएकै आधारमा सभामुखबाट बहुमत पाएको घोषणा भएपछि मुख्यमन्त्री अधिकारी विवादमा तानिएका थिए ।



    न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयले दायर गरेको रिटमा अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो ।



    सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै लिखित जवाफ पनि माग गरेको छ। सर्वोच्चले यो मुद्दालाई गम्भीरतापूर्वक लिँदै पूर्ण सुनुवाइको मिति पनि तोकेको छ भने अधिकारीलाई दीर्घकालीन महत्त्व बोकेका निर्णय गर्नबाट रोक लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार