Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आगोले जलेर आमा छोराको मृत्यु

    आगोले जलेर आमा छोराको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 393
    SHARES

    फाइल तस्विर

    ओखलढुङ्गा । आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमा छोराको मृत्यु भएको छ ।

    सोमबार मध्यान्हको समयमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उहाँका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गएको हो । 



    बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए । 



    घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    केही दिनअघि देखि स्थानीय जङ्गलमा डढेलो लागेको थियो । अहिले जिल्लाका विभिन्न स्थानमा डढेलो लागिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार