Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

    आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 495
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियामा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ ।

    जिल्लाको मधुवन नगरपालिका–४ बसन्ता भुल्लनचोक स्थित घरको बरन्डामा आगो तापिरहेकी ८७ वर्षीया चिन्की थरुनी मृत्यु भएको हो ।



    बर्दियामा चिसोबाट जोगिन आगो ताप्दै गर्दा एक्कासी आगो सल्केर गम्भीर घाइते भएकी उनको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



    आगलागी बिहान ३ बजे भएपनि बिहान साढे ५ बजे जानकारी पाएपछि घटनास्थलमा प्रहरी पुगेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार