Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु , एक गम्भीर

    आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु , एक गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 606
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ ।

    मंगलबार दिउँसो जिल्लाको भुमिकास्थान नगरपालिका-२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका तीन जनको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा भुमिकास्थान २ तिरतिरे गाउँका ७२ बर्षिय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासे रहेका छन् ।



    वेल्वासेको काठमाडौं किर्तिपुर अस्पतालमा पुगेपछि मृत्यु भएको बताइएको छ । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो ।

    थप उपचारका लागि लैजादै गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । ३६ वर्षीय माधव वेल्वासेको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार