Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इलामका एसपी खतिवडा महिलाकाण्डमा, थप कारबाहीको तयारी

    इलामका एसपी खतिवडा महिलाकाण्डमा, थप कारबाहीको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 6K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडालाई ‘महिलाकाण्ड’मा कारबाही गरी हटाइएको खुलेको छ ।

    इलामकै बस्ने एक महिलासँग अनैतिक सम्बन्ध पुष्टि भएपछि उनलाई हटाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।



    स्रोतका अनुसार ती महिलाका श्रीमानले प्रमाणसहित एसपी खतिवडाविरुद्ध एक साताअघि नै उजुरी गरेका थिए ।



    प्रारम्भिक छानविनमा सो कुरा पुष्टि भएपछि उनलाई हटाइएको हो । इलाममा एसपी प्रभु ढकाललाई खटाइएको हो ।

    एसपी खतिवडा अत्याधिक मदिरा पिउने र डिउटीमा ध्यान नदिने अधिकृतका रुपमा बदनाम छन् । उनी गत भदौमा इलाम पुगेका थिए ।

    आर्थिक अनुशासनमा पनि कमजोर रहेका खतिवडामाथि प्रहरी प्रधान कार्यालयले थप कारबाहीको तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार