Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दुई एसपीमाथि थप कारबाहीको तयारी

    दुई एसपीमाथि थप कारबाहीको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 6.6K
    SHARES

    काठमाडौं । जिल्ला इन्चार्जबाट हटाइएका दुई प्रहरी उपरीक्षक (एसपी) माथि प्रहरी प्रधान कार्यालयले थप छानविन र कारबाही गर्ने भएको छ । सिराहाबाट तानिएका एसपी सन्तोष आचार्य तथा इलामबाट तानिएका वासुदेव खतिवडामाथि थप छानविन हुन लागेको हो ।

    दुवैले आचरणविपरीत गम्भीर गल्ती गरेको भेटिएपछि हटाइएको थियो । एसपी आचार्यले बिचौलिया तथा मिटरब्याजी नरेश साहसँग पैसा लिँदै आएको पुष्टि भएको छ ।



    प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरी छानविन गर्दा आर्थिक कारोबार पुष्टि भएको थियो । उनले एसपीलाई आफूले पैसा बुझाउने गरेको समेत स्वीकार गरेका छन् । जसकारण एसपी आचार्यमाथि विभागीय कारबाही समेत हुने सम्भावना रहेको एक उच्च प्रहरी अधिकारीले बताए ।



    त्यस्तै, इलामबाट तानिएका एसपी खतिवडाले राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको श्रीमतीसँग अनुचित सम्बन्ध राख्दै आएको खुलेको छ । प्रहरी आचरणविपरीतको गतिविधिमा संलग्न भएकाले उनीमाथि पनि विभागीय कारबाही समेत हुने स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार