Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिराहाका एसपी हेडक्वार्टरको छानविनमा

    सिराहाका एसपी हेडक्वार्टरको छानविनमा

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 6.7K
    SHARES

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ ।

    साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् ।



    उनको एसपी आचार्यसँग पनि निकटता देखिएको स्रोत बताउँछ । साहको मोबाइलका आधारमा छानविन सुरु भएको छ ।
    एसपी आचार्य तीन महिनाअघि मात्र सिराहा सरुवा भएका हुन् ।



    यसअघि प्रहरी प्रधान कार्यालयले कार्यक्षमतामा कमजोर रहेका ६ एसपीलाई तानिसकेको छ । आचार्यको हकमा पनि कैफियत देखिएका हटाउने सम्भावना छ ।

    त्यस्तै, सुनसरीका एसपी विपिन रेग्मीमाथि समेत उजुरी बढ्न थालेको छ । जिल्लामा समन्वय राम्रो गर्न नसकेको र तस्करी समेत बढेको भनेर प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार