Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा

    अल जजिराको कार्यालयमा इजरायली प्रहरीको छापा

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 309
    SHARES

    एजेन्सी। इजरायली प्रहरीले जेरुसेलमको एम्बेसेडर होटलस्थित अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ ।

    छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको इजरायलका सञ्चार मन्त्रीले बताएका छन् । एक्समा सञ्चार मन्त्रीले एक भिडियो पोस्ट गरेका छन् ।



    भिडियोमा प्रहरी अधिकारीहरू अल जजिरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ । आइतबार इजरायली सरकारको मन्त्रिपरिषद्ले अल जजिरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको थियो ।



    अल जजिरा टिभी नेटवर्कले इजरायली सरकारको राष्ट्रिय सुरक्षा खतराको दाबीलाई झूटो भनेको छ । अल–जजिरा टिभी नेटवर्कको टोलीले कानुनी जवाफको तयारी गरिरहेको पनि बताइएको छ ।

    इजरायली सरकारको यो कदमको मानवअधिकार संगठन र धेरै प्रेस समूहहरूले आलोचना गरेका छन् । इजरायलको नागरिक अधिकारवादी संस्थाले प्रतिबन्ध हटाउन सर्वोच्च अदालतमा निवेदन दिने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार