Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टर्कीले लगायो इजरायलसँग व्यापारमा प्रतिबन्ध

    टर्कीले लगायो इजरायलसँग व्यापारमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 390
    SHARES

    एजेन्सी । टर्कीले इजरायलसँगको सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको छ ।

    गाजामा इजरायलका कारण मानवीय संकट गहिरिँदै गएको भन्दै टर्कीले सम्पूर्ण व्यापारिक सम्बन्ध तोडेको हो ।



    टर्कीको व्यापार मन्त्रालयले गाजामा विना अवरोध पर्याप्त मद्दत सुनिश्चित नभएसम्मका लागि यो निर्णय लागू हुने स्पष्ट पारेको छ। गत वर्ष इजरायल र टर्कीबीच ७ अर्ब डलरको व्यापार भएको थियो ।



    टर्कीले सबै प्रकारका उत्पादनको व्यापार स्थगित गरिएको र यो नियम कडाइका साथ लागू हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार