Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अमेरिकामा खोप लगाएका सयौँ व्यक्तिको मुटु सुन्नियो, सीडीसीले बोलायो आपतकालीन बैठक

    अमेरिकामा खोप लगाएका सयौँ व्यक्तिको मुटु सुन्नियो, सीडीसीले बोलायो आपतकालीन बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 6.1K
    SHARES

    एजेन्सी । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले आगामी जून १८ मा सल्लाहकारहरूको एक आपतकालीन बैठक बोलाएको छ।

    सीडीसीले फाइजर र मोर्डेना कम्पनीका कोरोना भाइरसविरुद्दको खोप लगाएका मानिसहरूको मुटुमा देखिएको दुखाई र त्यसको कारण मुटु सुन्निएको घटनाहरू बढेपछि आपतकालीन बैठक बोलाएको हो।



    सीबीएसको एक रिपोर्ट अनुसार सीडीसीले यसअघि नै खुलासा गरिसकेको थियो कि खोप लगाएका प्रायः युवा र किशोर केटाहरूमा मुटु सुन्निएको पाइएको छ। उनीहरूले दोस्रो डोज खोप लगाएपछि १६ देखि २४ वर्षका मानिसमा यस्तो अपेक्षित भन्दा बढी घटनाहरू देखएको हो। यसैले गत महिना नै सीडीसीले खोप प्रदायकहरूलाई पहिले मानिसलाई उनीहरूमा मुटुको दुख्ने लक्षण भए नभएको सोध्न आग्रह गरेको थियो।



    अमेरिकामा अहिले ८ सय भन्दा बढी यस्ता खोपको प्रतिकुल प्रभाव देखिएका घटना सार्वजनिक हुँदा समेत त्यहाँ खोप अभियान तीव्र गतिमा चलिरहेको छ। यसबिच त्यहाँका स्वास्थ्य अधिकारीहरू भने हरेक अभिभावकलाई आफ्ना बच्चालाई खोप लगाउन प्रोत्साहित गरिरहेका छन्।

    एपोच टाइम्सका जचारी स्टिबरका अनुसार त्यहाँका सङ्घीय अधिकारीहरूले कोभिड १९ विरुद्धको खोप लिने ८ सय जना भन्दा धेरै व्यक्तिले मुटु दुखेको गुनासो गरेको रिपोर्ट प्राप्त गरिसकेका छन्।

    अमेरिकाको जर्नल अफ पेडियाट्रिक्समा यही महिना प्रकाशित रिपोर्ट अनुसार फाइजरको खोप लगाएपछि सात किशोर किशोरीहरूमा मायोकार्डिटिस परीक्षण गर्दा समस्या देखिएको थियो। यी सात जनाले दोस्रो डोज लगाएको ४ दिनमा नै समस्या देखिएको थियो। उनीहरूमा त्यसभन्दा पहिले कोभिड-१९ सङ्क्रमण समेत भएको थिएन। १४ देखि १९ वर्षका ती सातै जना पुरुषहरूलाई अस्पताल भर्ना गर्नु परेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार