Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतमा कोरोनाको आँधीबेरी : अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- छिटो घर फर्क

    भारतमा कोरोनाको आँधीबेरी : अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- छिटो घर फर्क

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। भारतमा कोरोना महामारीको दोस्रो लहरले ‘आधीबेरी’ को रूपले लिएपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न निर्देशन दिएको छ। भारतमा कोरोना व्यापक रुपमा यत्रतत्र फैलिएर स्वास्थ्य सेवाको समेत अन्त्यन्त अभाव हुने थालेपछि अमेरिकाले यस्तो निर्देशन दिएको हो।

    बुधबार अमेरिकी विदेश मन्त्रालयले चौथो तहको ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई सकेसम्म चाँडो भारत छाड्न आदेश दिँदै आफ्ना नागरिकलाई भारत भ्रमण नगर्न र सकेसम्म चाँडो भारत छाड्न आदेश दिएको हो। चौथो तहको ट्राभल एडभाइजरीलाई निकै गम्भीर प्रकृतिको मानिन्छ



    भारतमा विगत केही केही साता यता कोरोना संक्रमण तीव्र हिसाबले बढी रहेको छ । पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ७९ हजार २ सय ५७ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६ सय ४५ जनाको कोरोना का कारण मृत्यु भएको छ ।



    त्यस्तै, महामारीका कारण अस्पतालहरुमा बेड, अक्सिजनको चरम अभाव देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार