Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाबाट मध्यराति नेपाल आइपुगे उपप्रधानमन्त्री यादव

    अमेरिकाबाट मध्यराति नेपाल आइपुगे उपप्रधानमन्त्री यादव

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 423
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्वदेश फर्किएका छन ।

    यादव मंगलबार सबेरै बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिँदा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरे। तर यादवको अनुहारबाट खुसी उत्रिएको थियो ।



    यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् । जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।



    अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजनको नराम्रो चोट खेपेका छन ।

    उनले नेपाल टेक्न नपाउँदै यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार