Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जसपा नेपालका अध्यक्ष यादवले बोलाए केन्द्रीय समितिको बैठक

    जसपा नेपालका अध्यक्ष यादवले बोलाए केन्द्रीय समितिको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 378
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    पार्टी विभाजनपछि अध्यक्ष यादवले केन्द्रीय समितिको बैठक बोलाएका हुन्।



    जसपा, नेपालको केन्द्रीय समिति बैठक बैशाख ३१ र जेठ १ गते बस्नेछ । बुधबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले केन्द्रीय समिति बैठक आह्वानको निर्णय गरेको थियो।



    अशोक राईले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेपछि यादवले केन्द्रीय समिति बैठक बोलाएको हो ।

    बहुमत सांसद लिएर राईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार