Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपेन्द्र यादव नेतृत्वको जसपा अदालत जाँदै, केन्द्रीय कार्यकारिणी बैठक पनि बस्दै

    उपेन्द्र यादव नेतृत्वको जसपा अदालत जाँदै, केन्द्रीय कार्यकारिणी बैठक पनि बस्दै

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 459
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

    बैठक मंगलबार बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो ।



    दल विभाजनसम्बन्धी कानूनी रिक्तताको अवस्थामा नयाँ पार्टी दर्ता गरिएको भन्दै जसपा नेपालले अदालत जाने तयारी गरेको छ। साथै पत्रकार सम्मेलन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमै आयोजना गरिएको छ ।



    प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए । नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।

    तर संसदको बर्खे अधिवेशन आह्वान भइसकेको, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र बहुमत केन्द्रीय सदस्य संस्थापन पक्षमै रहेको जिकीर गर्दै जसपा नेपालले आयोगको निर्णय कानुन विपरीत रहेको दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार