Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरु

    कञ्चनपुरमा सशस्त्र प्रहरीको विद्यालय, पठनपाठन सुरु

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 336
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ)ले विद्यालय सञ्चालनमा ल्याएको छ ।

    शुक्लाफाँटा नगरपालिका-५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा ल्याएको हो सोमबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उद्घाटन गरे ।



    सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल  नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिए ।



    उनका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो । कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँचजना विद्यार्थी भर्ना भएका छन् ।

    झलारीमा एपिएफ विद्यालय विसं २०८० फागुन २ मा स्थापना भएको थियो । सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार